काठमाडौं ।  माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख २१ हजार ५ सय ६८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट फागुन ३ गते, बुधबार अनुमति पाएको हो । 

कम्पनीले आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।