काठमाडौँ | धितोपत्र बजारमा आज ठूलो गिरावट आएको छ। साताको कारोबार हुने चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अङ्कले घटेर २७७६.३६ विन्दुमा ओर्लिएको छ। पछिल्लो समय सुधारको लयमा देखिएको बजारमा आज एकैदिन २.६२ प्रतिशतको गिरावट आउँदा लगानीकर्ताहरूमा केही अन्यौलता र चिन्ता देखिएको छ।
बजारमा देखिएको यो गिरावटसँगै आज सबै उपसमूहका सूचकहरू राताम्मे भएका छन्। विशेषगरी बैंकिङ, जलविद्युत् र बिमा जस्ता ठूला उपसमूहमा बिक्री चाप बढेका कारण समग्र परिसूचक तल झर्न पुगेको हो। अघिल्ला कारोबार दिनहरूमा लगातार बढेको बजारबाट लगानीकर्ताले नाफा सुरक्षित गर्न (प्रफिट बुकिङ) खोज्दा र ठूला कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से दबाबमा परेको विश्लेषण गरिएको छ।
बजार उच्च अङ्कले घटे पनि कारोबार रकम र लगानीकर्ताको सक्रियता भने उल्लेखनीय रहेको छ। बजार विश्लेषकहरूका अनुसार नीतिगत अन्यौलता र तरलताको अवस्थालाई नियालिरहेका लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा बिक्री चाप बढेको हो। यद्यपि, प्राविधिक रूपमा यसलाई सामान्य 'करेक्सन' को रूपमा लिइएको छ र आगामी दिनमा बजारले पुनः लय समात्ने अपेक्षा गरिएको छ।
arthasamaya.com का लागि समाचार डेस्क।
Facebook Comments