काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । लामो समयसम्म घाटामा रहेको निगमलाई नाफामा लगेपछि उनले राजीनामा दिएका हुन ।

थानीले राजीनामापत्र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आज बुझाएका थिए । स्वतन्त्र भएर बस्छु र अहिले जागिर नखाने भन्दै राजीनामा दिएका हुन् ।  

उनले मंसिर २७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् 
थानीले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त लिएका थिए । ३ वर्षको लागि नियुक्त भएका थानीले १ वर्ष ९ महिनामै राजीनामा दिएका छन् ।

 शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए ।