काठमाडौ।कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ । यो नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस एचएमपीभी हो, जुन नयाँ आरएनए भाइरस हो । भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ । यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको अधिकारीहरूले जनाएका छन् ।चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिनेजस्ता लक्षण देखिने गरेका छन् । एचएमपीभीसँगै इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ को बिरामी पनि देखिइरहेका छन् । यस्ता बिरामीको संख्या लगातार बढिरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । सामाजिक सञ्जालमा बिरामीको भिडभाडको तस्बिर पोस्ट गर्दै भाइरस फैलिएपछि केही स्थानमा संकटकाल लगाइएको दाबी गरिएको छ । यद्यपि चीनले नयाँ भाइरस फैलिएकोबारे कुनै आधिकारिक जानकारी भने दिएका छैन।