
काठमाडौं । नेपाली बजारमा आरजु चामल आएको छ । जिरा मसिनो र लङग्रेनमा सो चामल आएको हो । अहिले ४ हजार बिगाहा जमिनमा धान उत्पादन गरेर आरजु राईस मिलमार्फत आरजु चामल बजारमा आएको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतको आरजु चामलमा लागनी रहेको छ ।
विराटनगरका किसानसँग मिलेर बस्नेतले सयौँ बिगाहा जमिनमा ‘रामधान’ खेती सुरु गरेका थिए । सोही धानबाट उत्पादन गरिएको जिरा मसिनो र लङग्रेन चामलको बिक्रि सुरु भएको हो ।
अहिले लङग्रेनको मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ ।
Facebook Comments