काठमाडौं । नेपालका अर्बपति विनोद चौधरीको भारतमा रहेको उद्योगमा भारत सरकारले छापा मारेको छ । चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको हो । 

चौधरीको भारतमा रहेको सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको आयकर विभागले चौधरीको भारतको जयपुरमा रहेका ३ कम्पनीमा छापा मारेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

सिजी फुड इन्डिया प्राली र सिजीका अन्य कम्पनीको डकुमेन्ट भारतीय आयकर विभागले नियन्त्रण लिएको छ ।